आज पनि भारतले टस हार्‍यो, इंग्ल्याण्डलाई इतिहास रच्ने अवसर

काठमाडौं : भारतसँगको टी-२० क्रिकेट सिरिजको अन्तिम तथा पाँचौ खेलमा पनि इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको ‘निर्णायक’ म्याच ७ः१५ बजेदेखि नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदैछ । इंग्ल्याण्डकले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ ।

भारतले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले केएल राहुललाई विश्राम दिँदै तीव्र गतिका बलर नी नटराजनलाई प्लेइङ-११ मा समवोश गरेको छ ।

पाँच खेलको सिरिज २-२ को बराबरीमा छ ।

सिरिजको अन्तिम म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ । हाल इंग्ल्याण्ड टी-२० आईसीसी वरियताको शीर्ष र भारत दोस्रो स्थानमा छ ।

सिरिजको चौथो म्याच ८ रनले जितेपछि भारतले सिरिजलाई बराबरीको अवस्थामा ल्याएको थियो ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मालन, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद र मार्क वुड ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, हार्दिक पाण्ड्या, शार्दुल ठाकुर, वाशिङ्टन सुन्दर, भुवनेश्वर कुमार, राहुल चहर र टी नटराजन ।

इंग्ल्याण्डलाई कीर्तिमान बनाउने अवसर

हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा भारतलाई धेरै म्याच हराउने कीर्तिमान इंग्ल्याण्ड र अष्ट्रेलियाको नाममा छ ।

टी-२० मा यी दुवै टिमले भारतलाई ९/९ पटक हराएका छन् । यदि आजको खेलमा हराउन सके इंग्ल्याण्डले नयाँ कीर्तिमान बनाउने छ ।

आज जित हासिल गर्न सके इंग्ल्याण्डले टी-२० मा धेरै पटक भारतलाई हराउने कीर्तिमान बनाउने भएको हो ।

Loading...