भारतले दियो इंग्ल्याण्डलाई कीर्तिमानी लक्ष्य, १८ चौका र ११ छक्का प्रहार

काठमाडौं : टी-२० सिरिजको अन्तिम तथा पाँचौ खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई २ सय २५ रनको लक्ष्य दिएको छ ।

अन्तर्राष्ट्रिय टी-२० टिममा भारतले इंग्ल्याण्डलाई दिएको यो हालसम्मकै विशाल लक्ष्य हो । यसअघि टी-२० मा इंग्ल्याण्डलाई भारतले २१८ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनायो । पहिलो इनिङ्समा भारतीय ब्याट्सम्यानले कूल १८ चौका र ११ छक्का हिर्काए ।

भारतका लागि कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले ।

विराटले ५२ बलमा ७ चौका र २ छक्कासहित अविजित ८० र रोहितले ३४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ६४ रनको पारी खेलेका हुन् ।

त्यस्तै, हार्दिक पाण्ड्याले १७ बलमा दुई छक्का र चार चौका हिर्काउँदै अविजित ३९ रनको योगदान दिए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १७ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए ।

बलिङमा आदिल राशिद र बेन स्टोक्सले एक/एक विकेट लिए ।

Loading...