विराटले तोडे राहुलको कीर्तिमान, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

काठमाडौं- इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा भारतीय टिमका कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे ।

उनले पाँच खेलमा ०, ७३, ७७, १ र ८० रन बनाए ।

तीन म्याचमा कप्तान कोहली अविजित रहे । उनले पाँच म्याचमा ११५.५० को औसतमाकूल २ सय ३१ रन बनाए । यसक्रममा उनले २० चौका र ९ छक्का हिर्काए ।

विराटले यही सिरिजमा केएल राहुलको कीर्तिमान भंग गरेका छन् । विराटले एक सिरिजमा सर्वाधिक रन बनाउने राहुलको कीर्तिमान भंग गरेका हुन् ।

राहुलले २०२० मा न्यूजिल्याण्डसँगका भएको सिरिजमा २ सय २४ रन बनाएका थिए । उनको सो कीर्तिमान अब कप्तान कोहलीले एक वर्ष नपुग्दै तोडेका छन् । राहुलले पनि पाँच म्याचमै २ सय २४ रन बनाएका थिए ।

यो सूचीको तेस्रो स्थानमा न्यूजिल्याण्डका कोलिन मुनरोको नाम आउँछ । उनले सन् २०१८ मा तीन खेलको सिरिजमा २ सय २३ रन बनाएका थिए ।

मलानले तोडे बाबरको कीर्तिमान

इंग्ल्याण्ड टिमका ब्याट्सम्यान डेविड मलानले जारी सिरिजका सुरुवात म्याचमा कमजोर प्रदर्शन गरे । यद्यपि, अन्तिम म्याचमा भने उनले टिमका लागि सर्वाधिक रन बनाए ।

मलानले सिरिजको निर्णायक तथा अन्तिम खेलमा ६८ रन जोडे । योसँगै उनले पाकिस्तान टिमका कप्तान बाबर आजमको कीर्तिमान भंग गरेका छन् ।

बाबर अब कम पारीमा टी-२० मा १ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले २४ पारीमा १ हजार रन पूरा गरे । बाबरले २६ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए ।

मलान इंग्ल्याण्डका लागि टी-२० मा १ हजार रन पूरा गर्ने सातौँ ब्याट्सम्यान बनेका छन् ।

उनीअघि इंग्ल्याण्डका लागि टी-२० मा जेसन रोय, इयोन मोर्गन, जोस बटलर, एलेक्स हेल्स, केविन पीटरसन र जोनी बेयरिस्टोले १ हजार रन पूरा गरिसकेका छन् ।

यो पनि पढौं : भारतले जित्यो टी-२० सिरिज, यी खेलाडी बने जितका नायक

 

Loading...