टेष्ट वरियतामा रोहितको छलाङ, एकै पटक ९ स्थान सुधार

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा भारतीय टिमका ब्याट्सम्यान रोहित शर्माले ठूलो छलाङ मारेका छन् ।

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा १६१ रनको शानदार पारी खेलेसँगै रोहित २३ बाट १४औँ स्थानमा उक्लिएका हुन् । उनले एकैपटक ९ स्थान सुधार गरे ।

त्यस्तै, विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्त करियरकै उत्कृष्ट वरियता हासिल गरेका छन् । उनी १३औँ बाट ११औँ स्थानमा पुगेका छन् ।

इंग्ल्याण्डसँगको दोस्रो टेष्टमा अविजित अर्धशतक बनाएसँगै पन्त करियरकै उत्कृष्ट वरियतामा पुगेका हुन् ।

दोस्रो टेष्टमा खराब ब्याटिङका कारण इंग्ल्याण्कडा कप्तान जो रुट एक स्थान तल खस्किएका छन् । यसअघि तेस्रोमा रहेका रुट नयाँ वरियतामा चौथो स्थानमा खस्किएका हुन् ।

त्यस्तै, वरियताको शीर्ष स्थानमा ९१९ प्वाइन्टका साथ न्यूजिल्याण्डका कप्तान केन विलियम्सन कायमै छन् । त्यस्तै, दोस्रोमा अष्ट्रेलियाका स्टिभ स्मिथ, तेस्रोमा अष्ट्रेलियाकै मार्नस लाबुसेन छन् ।

त्यस्तै, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः विराट कोहली, बाबर आजम, हेनरी निकोल्श, चेतेश्वर पुजारा, डेविड वार्नर र बेन स्टोक्स छन् ।

टेष्ट बलिङ वरियतातर्फ अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स ९०८ प्वाइन्टका साथ शीर्ष स्थानमा कायमै छन् ।

त्यस्तै, टेष्ट अलराउन्डरतर्फ वेष्ट इण्डिजका जेशन होल्डर ४०७ प्वाइन्टका साथ पहिलो नम्बरमा छन् ।

 नयाँ टेष्ट वरियताको सूची :

 

Loading...