भारतसँगको ‘सिरिज’ हारेपछि यस्तो भन्छन् कप्तान मोर्गन

काठमाडौं – भारतविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक म्याच हारेपछि इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले आफ्नो प्रतिक्रिया दिएका छन् । मोर्गनले इंग्ल्याण्डको हारको मूख्य कारण मिडल अर्डरका ब्याट्सम्याको खराब प्रदर्शन रहेको बताएका छन् ।

कप्तान मोर्गनले भने ‘ मिडल अर्डरमा जस्तो हाम्रो प्रदर्शन रहन्थ्यो त्यस्तो रहन सकेन ।हाम्रा सबै खेलाडी जस्तो परिस्थिति हुन्थ्यो त्यइ हिसाबमा आफूलाई ढाल्थे । तर, सो म्याचमा त्यस्तो हुन सकेन । भारतजस्तो मजबुत टिमसँग खेल्न पाउनु नै हाम्रो लागि ठूलो कुरा हो । । हामीले यो हारबाट धेरै कुरा सिक्यौँ । र हामीले यो पूरै सिजनमा राम्रो क्रिकेट पनि खेल्यौँ ।’

भारतले इंग्ल्याण्डलाई अन्तिम तथा निर्णायक म्याचमा ३६ रनले हराएको थियो । पाँच म्याचको टी-२० सिरिज भारतले ३-२ ले जितेको छ ।अन्तिम म्याचमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमायर २२४ रन बनाएको थियो ।

विशाल लक्ष्य पाएको इंग्ल्याण्डले जवाफमा ८ विकेट गुमायर १८८ रन मात्र बनाउन सक्यो । सो म्याचमा भारत ३६ रनले रनले विजयी भएसँगै सिरिज पनि ३-२ ले जितेको छ ।

त्यस्तै, भारत र इंग्ल्याण्डबीचको ३ वानडे म्याचको सिरिज २३ मार्चदेखि सुरु हुँदै छ ।

Loading...