सुनिल र सुमित चम्किँदा रूपनीको रोमाञ्चक जित

काठमाडौं- राजविराजमा सुरू तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगअन्तर्गत उद्घाटन खेलमा बोदे बर्साइन थन्डर्सविरुद्ध रूपनी राइडर्स १३ रनले विजयी भएको छ ।

रूपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले पूरै २० ओभर ब्याटिङ गरे पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

उसका लागि नारायण जोशीले ३३, कप्तान सिद्धान्त लोहनीले २४, योगेन्द्रसिंह कार्की र विकास दासले १७/१७ रन बनाए ।

बलिङमा सुमित झाले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए । अनिल यादवले २ विकेट तथा फिर्दोष अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १ विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको रूपनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

उसका लागि सुनिल धमालाले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा तीन छक्का र पाँचा चौकासहित ५४ रन बनाए ।

त्यस्तै, निरज मुखियाले १९, अनिल यादव, अनुज यादवले अविजित १५, फिर्दोश अन्सारीले १४ र कुशल भुर्तेलले १२ रनको योगदान दिए ।

बलिङमा विशाल सुश्लिङले सर्वाधिक तीन विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ सुनिल धमला घोषित भए ।

Loading...