फाइनलमा भारतले दियो श्रीलंकालाई विशाल लक्ष्य, युवराज र पठानले गरे चौका/छक्काको वर्षा

काठमाडौं : रोड सेफ्टी टी-२० वर्ल्ड सिरिजको फाइनलमा खेलमा भारतीय लेजेन्ड्सलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युसूफ पठान र युवराज सिंहले आक्रामक ब्याटिङ गरे । पठानले ३६ बलमा ४ चौका र ५ छक्कासहित नटआउट ६२ रनको योगदान दिए ।

त्यस्तै, युवराजले ४१ बलमा चार छक्का र चार चौकाको मद्दतमा ६० रन बनाए ।

कप्तान सचिन तेन्दुलकर ३०, वीरेन्द्र सहवाग १०, एस बद्रीनाथ ७ रनमा आउट हुँदा इरफान पठान ८ रनमा अविजित रहे ।

बलिङमा फरविज महारुफ, कौशल्या वीरारत्ने, सनथ जयसूर्या र रंगानाथ हेराथले एक/एक विकेट लिए ।


फाइनल म्याच पनि छत्तिसगढको रायपुरमा भइरहेको छ ।

भारत वेष्ट इण्डिजलाई हराउँदै फाइनलमा पुगेको थियो । श्रीलंका भने दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

Loading...