होल्डरको घातक बलिङमा १६९ रनमै अलआउट भयो श्रीलंका

काठमाडौं- वेष्ट इण्डिजसँगको टेष्ट सिरिजको पहिलो खेलको पहिलो पारीमा पाहुना टोली श्रीलंका १ सय ६९ रनमै समेटिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएका श्रीलंका ६९.४ ओभरमा १ सय ६९ रनमै समेटिएको हो ।

उसका लागि लाहिरु थिरिमानेले १८० बलमा चार चौकाको मद्दतमा सर्वाधिक ७० रन बनाए ।

त्यस्तै, निरोशन डिकवेलाले ३२, धनन्जय डिसिल्वाले १२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा जेसन होल्डरले १७.४ ओभरमा ६ मेडनसहित २७ रन दिएर सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, केमार रोचले तीन र रहकीम कोर्नवालले एक विकेट हात पारे ।

टी-२० र वानडे श्रृंखलापछि वेष्ट इण्डिज र श्रीलंका दुई खेलको टेष्ट सिरिज खेलिरहेका हुन् ।

Loading...