विराट भन्छन्- यी ब्याट्सम्यानले गर्नेछन् ‘वानडे सिरिज’मा ओपनिङ

काठमाडौं – टेष्ट सिरिज र टी-२० सिरिज जितेपछि अब भारतको नजर वानडे सिरिजमा रहेको छ । भारत र इंग्ल्याण्डबीचको तीन वानडे म्याचको सिरिज भोलिदेखि पूणे मा सुरु हुँदै छ ।

भोलि हुने वानडे म्याचमा भारतीय कप्तान विराट कोहलीले यी खेलाडी ओपनिङ गर्ने छन् भनेर खुलासा गरेका छन् ।

 

टी-२० सिरिजको अन्तिम म्याचमा रोहित शर्माका साथमा विराट कोहली ओपनिङ गर्न आएका थिए । विराट कोहलीले पहिलो वानडे म्याच सुरु हुनभन्दा अगाडि प्रेस कन्फ्रेन्समा आफ्नो कुरा राखेका छन् ।

 

वानडे म्याचमा रोहित शर्मा र शिखर धवन ओपनिङ गर्ने छन् । यी दुबै खेलाडी पछिल्लो समयदेखि लगातार वानडे म्याचमा ओपनिङ गर्दै आइरहेका छन् ।

कप्तान कोहलीले भेनका छन् । ‘भोलि हुने वानडे म्याचमा शिखर धवन र रोहित शर्मा निश्चित रुपमा ओपनिङ गर्ने छन् । जब कुरा वानडे क्रिकेटको आउँछ । यसमा कुनै सन्देह नै रहेको छैन । यी दुबै खेलाडी पछिल्लो केही वर्षदेखि शानदार ओपनिङ गरिरहेका छन् ।’

Loading...