भारत-इंग्ल्याण्डको पहिलो वानडे भोलि, यस्तो छ दुवै टिमबीचको विगत

काठमाडौं : टेष्ट र टी-२० सिरिजपछि भारत र इंग्ल्याण्डले एकदिवसीय सिरिज भोलि (मंगलबार)बाट खेल्दै छन् ।

यी दुई टिमबीचको पहिलो वानडे नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

पुणेमा हुने तीन खेलको वानडे सिरिज रोमाञ्चक हुने अनुमान छ । सिरिजको पहिलो खेलमा भारतीय टिमको ओपनिङ रोहित शर्मा र शिखर धवनले गर्ने सम्भावना छ ।

टिम कप्तान विराट कोहलीले पनि पहिलो म्याचमा धवन र रोहितको जोडीले ओपनिङ गर्ने बताइसकेका छन् ।

इंग्ल्याण्डको टिममा जेसन रोय र जोनी बेयरिस्टोले ओपनिङ गर्ने सम्भावना बढी छ । यो जोडीले लामो समयदेखि वानडेमा ओपनिङ ब्याट्सम्यानको भूमिका निर्वाह गर्दै आएको छ ।

पछिल्लो पाँच म्याचमा भारतले इंग्ल्याण्डलाई एक खेलमा मात्र पराजित गरेको छ ।

भारत र इंग्ल्याण्डबीच हालसम्म १८ द्विपक्षीय सिरिज भएका छन् । जसमा ९ पटक भारत र ७ पटक इंग्ल्याण्ड जित हासिल गरेको छ । दुई सिरिज भने बराबरी भएको छ ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोनी बेयरस्टो, लियाम लिभिन्गस्टोन, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, जोस बटलर, मोइन अली/साम बिलिंग्स, साम करन, आदिल रशिद, मार्क वुड, रिसी टोपली/टम करन ।

भारतको सम्भावित प्लेइङ-११ : शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), श्रेयस अय्यर/केएल राहुल, ऋषभ पन्त (विकेटकीपर) हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र टी नटराजन ।

Loading...