BDESH Vs NZ : न्यूजिल्याण्डद्वारा ‘टी-२० सिरिज’का लागि टोली घोषणा

काठमाडौं- बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि न्यूजिल्याण्डले टोली घोषणा गरेको छ ।

न्यूजिल्याण्डले आज टिम साउथीको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।

नियमित कप्तान केन विलियम्सन टी-२० सिरिजमा पनि उपलब्ध हुने छैनन् । उनी चोटका कारण अहिले विश्राम गरिरहेका छन् ।

चोटकै कारण विलियम्सनले एकदिवसीय सिरिज पनि खेलिरहेका छैनन् ।

फिन आलेन र विल योङले पहिलो पटक टी-२० मा टिममा मौका पाएका छन् । त्यस्तै, चोटका कारण विश्राम गरिरहेका लकी फर्गुसन र एडम मिल्नेले ‘कमब्याक’ गरेका छन् ।

बंगलादेश र न्यूजिल्याण्डबीचको तीन खेलेको सिरिज २८ मार्चदेखि सुरू हुनेछ ।

न्यूजिल्याण्डको टी-२० टिम : मार्टिन गुप्टिल, ग्लेन फिलिप्स, टोड एस्टल, हमीश बेनेट, टिम साउथी (कप्तान), फिन आलेन, मार्क चेपम्यान, डेवन कोनवे, लकी फर्ग्युसन, एडम मिल्ने, डारियल मिचेल, ईश सोधी र विल योङ ।

Loading...