शतक बनाउन चुके बेयरिस्टो

काठमाडौं : भारतविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड टिमका जोनी बेयरिस्टो शतक बनाउन चुकेका छन् । उनी शतक बनाउन ६ रनले चुकेका हुन् ।

बेयरिस्टोले आज ७ छक्का र ६ चौकासहित ६६ बलमा ९४ रन बनाए । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराएका हुन् ।

इंग्ल्याण्डले यसअघि जेसन रोयलाई ४६ र बेन स्टोक्सलाई एक रनमा गुमाइको छ ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म २४ ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको छ ।

इंग्ल्याण्डलाई ३१८ रनको लक्ष्य

यसअघि, टस हारेर ब्याटिङका मौका पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनायो ।

उसका लागि ओपनर शिखर धवनले ९८ रनको पारी खेले । उनले १०६ बलमा ११ चौका र दुई छक्कासहित ९८ रन बनाए ।

विकेटकीपर केएल राहुल र आज डेब्यू गरेका कुणाल पाण्ड्याले पनि आक्रामक ब्याटिङ गरे ।

राहुलले ४३ बलमा चार छक्का र चार चौकासहित ६२ र ३१ बलमा ७ चौका र दुई छक्काको मद्दतमा अविजित ५८ रन बनाए ।

त्यस्तै, कप्तान विराट कोहलीले ५६, रोहित शर्माले २८, श्रेयस अय्यरले ६, हार्दिक पाण्ड्याले एक रनको योगदान दिए ।

बलिङमा बेन स्टोक्सले तीन र मार्क उडले दुई विकेट लिए ।

 

Loading...