भारतले लियो विश्वकपमा हारेको बदला, डेब्यूमै चम्किँए प्रशिद्ध र कुणाल

काठमाडौं  : इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा भारत ६६ रनले विजयी भएको छ ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

भारत सन् २०१९ मा भएको एकदिवसीय विश्वकपमा इंग्ल्याण्डसँग पराजित भएको थियो । त्यसयता यी दुई टिमबीचले वानडेमा एक अर्काविरुद्ध खेलेका थिएनन् ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोनी बेयरिस्टो र जेसन रोयले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

बेयरिस्टोले ६६ बलमा ७ छक्का र ६ चौकासहित ९४ र रोयले ३५ बलमा साच चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए ।

यो जोडीबीच पहिलो विकेटका लागि १३५ रनको विशाल साझेदारी बनेको थियो ।

मोइन अली ३०, कप्तान इयोन मोर्गन २२, साम बिलिङ्स १८, साम करन १२ रटम करन ११ रनमा आउट भए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा प्रशिद्ध कृष्णाले चार, शार्दुल ठाकुरले तीन, भुवनेश्वर कुमारले दुई र कुणाल पाण्ड्याले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङका मौका पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनायो ।

उसका लागि ओपनर शिखर धवनले ९८ रनको पारी खेले । उनले १०६ बलमा ११ चौका र दुई छक्कासहित ९८ रन बनाए ।

विकेटकीपर केएल राहुल र आज डेब्यू गरेका कुणाल पाण्ड्याले पनि आक्रामक ब्याटिङ गरे ।

राहुलले ४३ बलमा चार छक्का र चार चौकासहित ६२ र ३१ बलमा ७ चौका र दुई छक्काको मद्दतमा अविजित ५८ रन बनाए ।

त्यस्तै, कप्तान विराट कोहलीले ५६, रोहित शर्माले २८, श्रेयस अय्यरले ६, हार्दिक पाण्ड्याले एक रनको योगदान दिए ।

बलिङमा बेन स्टोक्सले तीन र मार्क उडले दुई विकेट लिए । यी दुई टिमबीचको दोस्रो वानडे पुणेमै २६ मार्चमा हुनेछ ।

Loading...