डेब्यू म्याचमै चम्किँए कष्णा र पाण्ड्या, बनाए कीर्तिमान

काठमाडौं- भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर प्रशिद्ध कृष्णा र अलाउन्डर कुणाल पाण्ड्याले डेब्यू म्याचमै कीर्तिमान बनाएका छन् ।

प्रशिद्धले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको डेब्यू म्याचमै राम्रो प्रदर्शन गर्ने बलरको कीर्तिमान बनाएका हुन् ।

उनले यो उपलब्धि गएराति सम्पन्न इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा हासिल गरे ।

उनले इंग्ल्याण्डविरुद्ध ८.१ ओभरमा एक मेडनसहित ५४ रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारे ।

कृष्णा अब एकदिवसीय क्रिकेटको डेब्यू म्याचमै उत्कृष्ट बलिङ गर्ने पहिलो भारतीय बलर बनेका छन् ।

यसअघि भारतका लागि एकदिवसीय डेब्यू म्याचमा उत्कृष्ट बलिङ गर्ने कीर्तिमान नोएल डेविडको नाममा थियो ।

उनले २१ रन दिएर तीन विकेट लिएका थिए । अब उनलाई पछि पार्दै यो सूचीको शीर्ष स्थानमा प्रशिद्ध उक्लिएका छन् ।

साथै, वरुण आरोनलाई पनि कृष्णले पछि पारेका छन् । उनले वानडे डेब्यूमा २४ रन खर्चिर ३ विकेट लिएका थिए ।

पाण्ड्याले ‘डेब्यू’म्याचमै बनाए विश्वकीर्तिमान

अलराउन्डर क्रुणाल पाण्ड्याले डेब्यू म्याचमै विश्वकीर्तिमान बनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको डेब्यू म्याचमै छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

पाण्ड्याले २६ बलमै अर्धशतक शतक बनाउँदै यो उपलब्धि हासिल गरे ।

इंग्ल्याण्डसँगको तीन खेलको सिरिजको पहिलो खेलमा उनले ३१ बलमा ७ चौका र २ छक्कासहित अविजित ५८ रन बनाए ।

Loading...