यी हुन् अय्यरको अनुपस्थितिमा कप्तान बन्न सक्ने तीन खेलाडी

काठमाडौं – इंग्ल्याण्डविरुद्धको सिरिजको पहिलो वानडे म्याचमा श्रेयस अय्यर फिल्डिङका क्रममा घाइते भएका छन् । उनको चोट गहिरो रहेको भारतीय मिडियाले जनाएका छन् ।

अय्यर अब आईपीएलको सुरुवाती म्याच गुमाउने सम्भावना रहेको छ । यदि उनी आईपीएलको सुरुवाती म्याचबाट बाहिरिन्छन् भने दिल्लीको कप्तानी जिम्मा कसले पाउन सक्छन् ।

यो विषयलाई चासोका साथ हेरिएको छ । यसैबीच, आज यी तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ, जो अय्यरको अनुपस्थितिमा दिल्लीको कप्तानीको जिम्मा पाउन सक्छन् ।

१. शिखर धवन : श्रेयस अय्यरको अनुपस्थितिमा शिखर धवन दिल्लीका लागि एक राम्रो विकल्प हुन सक्छन् । उनले दिल्लीका लागि पहिले पनि कप्तानी गरि सकेको छन् ।

धवनले यो भन्दा पहिले सनराइजर्स हैदराबादका लागि पनि कप्तानी गरि सकेका छन् ।

पछिल्लो आईपीएल सिजनमा धवनको प्रदर्शन एकदमै राम्रो रहेको थियो । उनले सो सिजनमा ६ सय भन्दा बढी रन बनाएका थिए । धवनलार्ई यदि दिल्लीको कप्तान बनाइयो भने टिमलाई राम्रोसँग सम्हाल्न सक्छन् । अय्यरको अभाव हुन दिने छैनन् ।

२. रवीचन्द्रन आश्विन : रवीचन्द्रन आश्विन धेरै अनुभव भएका खेलाडी हुन् । उनलाई आईपीएलको कप्तानीको पनि अुनभव रहेको छ ।

आश्विनले आईपीएलमा किंग्स इलावने पञ्जाबको कप्तानी गरिसकेको छन् । उनी टिमका एक नियमित खेलाडी पनि हुन् । त्यसैले, आश्विन श्रेयस अय्यरको अनुपस्थितिमा दिल्ली क्यापिटल्सको कप्तानी सम्हाल्न सक्छन् ।

उनी टिमका लागि एक सही विकल्प हुन सक्छन् । पछिल्लो आईपीएल सिजनमा आश्विनको प्रदर्शन एकदमै राम्रो रहेको थियो ।

३. ऋषभ पन्त : ऋषभ पन्त दिल्ली क्यापिटल्सका प्रमुख खेलाडी मध्येका एक हुन् । उनी टिमका स्टार ब्याट्सम्यान हुन् ।

ऋषभ २०१६ देखि आजसम्म लगातार चार वर्ष दिल्लीबाट आईपीएल खेल्दै आइरहेका छन् । त्यसैले, उनलाई आफ्नो टिमको बारेमा धेरै अनुभव हुन सक्छ ।

श्रेयस अय्यरको अनुपस्थितिमा दिल्ली क्यापिटल्स पन्तलाई कप्तानीको जिम्मा पनि दिन सक्छ । दिल्ली क्यापिटल्स युवालाई प्रमोट गर्नको लागि जानिन्छ ।

Loading...