अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा ‘ह्याट्रिक’ लिने १३ बलर

काठमाडौं : टी-२० क्रिकेटमा बलर र ब्याट्सम्यानबीच कडा प्रतिस्पर्धा हुन्छ । बलरले धेरैभन्दा धेरै विकेट लिन खोज्छन् भने ब्याट्सम्यान चौका/छक्का प्रहार गर्न तम्सिन्छन् ।

चौका/छक्का प्रहार गर्ने चक्करमा धेरै ब्याट्सम्यान आउट हुने गरेका छन् । यसका क्रममा धेरै बलरलाई ‘ह्याट्रिक’लिने समेत मौका हुन्छ । यसैबीच, आज हामी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्याट्रिक’ लिने १३ बलरको जानकारी दिँदैछौँ :

१.  ब्रेट ली : अष्ट्रेलिया क्रिकेट टीमका पूर्व क्रिकेटर ब्रेट लीले सन् २००७ को टी-२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले शाकिब अल हसन, मशरफे मर्ताजा र अलोक कपालीले आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

२. जेकब ओरम : न्यूजिल्याण्ड टीमका पूर्व अलराउन्डर जेकब ओरमले सन् २००९ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले उक्त खेलमा एन्जेलो म्याथ्यूज, मलिंगा बन्डारा र नुवान कुलसेकरालाई आउट गरेका थिए ।

३. टिम साउथी : न्यूजिल्याण्ड टीमका साउथीले २०१०/११ मा पाकिस्तानविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

उनले यूनिस खान, मोहम्मद अफीज र उमर अकमललाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

४. थिसरा परेरा : श्रीलंका टीमका अलराउन्डर परेराले २०१६ मा भारतविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले उक्त टी-२० म्याचमा हार्दिक पाण्ड्या, सुरेश रैना र युवराज सिंहलाई आउट गरेका थिए ।

५. लसिथ मलिंगा : श्रीलंकाका स्टार बलर मलिंगाले २०१७ मा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले मुशफिकुर रहीम, मशरफे मर्ताजा र मेहदी हसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

६. फहीम अशरफ : पाकिस्तान टीमका अलराउन्डर फहीम अशरफले २०१७ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले इसुरु उडाना, महेला उदावते र दसुन शनाकालाई आउट गरेका थिए ।

७. राशिद खान : अफगानिस्तानका राशिदले २०१९ मा आयरल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले कविओ ब्रायन, जर्ज डकरेल, गेटकेक र सिमी सिंहलाई आउट गरेका थिए । राशिदले यो खेलमा लागतार ४ विकेट लिएका थिए।

८. लसिथ मलिंगा : श्रीलंकाका मलिंगाले न्यूजिल्याण्डविरुद्ध २०१९ मा फेरि ह्याट्रिक लिए ।

उनले कोलिन मुनरो, हमिश रदरफोर्ड र कोलिन डी ग्रान्डहोम र रस टेलरलाई आउट गरेका थिए ।

९. मोहम्मद हसनैन : पाकिस्तान क्रिकेट टीमका हसनैनले २०१९ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले भानुका राजापाक्ष, दसुन शनाका र शेहान जयसूर्यालाई आउट गरेका थिए ।

१०. खावर अली : ओमान क्रिकेट टीमका खावर अलीले २०१९ मा नेदरल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए ।

उनले एजे स्टाल, एकरम्यान र व्यानडर मर्वेलाई आउट गरेका थिए ।

११. वनुआ : पुवा न्यूगिनीका वनुवाले बरमूडाविरुद्ध २०१९ मा दुबईमा ह्याट्रिक लिएका थिए । उनले स्टोवेल, लेवरांक र ड्यारेललाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

१२. दीपक चाहर : भारतीय टीमका फास्ट बलर दीपक चाहरले २०१९ मा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।

भारतमा भएको उक्त खेलमा उनले शफीउल इश्लाम, मुस्तफिजुर रहमान र अमीनुल इश्लामलाई आउट गरेका थिए।

१३. एश्टन एगर : अष्ट्रेलिया टीमका स्पिनर एश्टन एगरले दक्षिण अफ्रिकाविरुद्ध २०२० मा ह्याट्रिक लिए ।

उनले फाफ डुप्लेसिस, एन्डिले फेहलक्वायो र डेल स्टेनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

Loading...