नेपालले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं- नेपालले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

नेपालले मलेसिया र नेदरल्यान्डसँग त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)स्रोतका अनुसार त्रिवि क्रिकेट मैदानमा तीन देशबीचको खेल अप्रिल १७ देखि २४ सम्म हुनेछ ।

यो सिरिजलाई बजाज पल्सर, शिवम् सिमेन्टलगायतका कर्पोरेट संस्थाले प्रायोजन गर्ने बताइएको छ । क्यानले प्रतियोगिताको मिति छिट्टै घोषणा गर्ने तयारी गरिरहेको छ ।

कोरोना कारण आईसीसी डिभिजन-२ का खेल स्थगित भएपछि क्यानले त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो ।

सिरिज टी-२० प्रारूपमा खेलाइने बताइएको छ । प्रतेक टोलीलले दुई/दुई म्याच खेल्ने छन् ।

Loading...