राशिदलाई पछि पार्दै शीर्षमा उक्लिए शम्शी, यस्तो छ सन्दीपको स्थानमा

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी-२० वरियता सार्वजनिक गरेको छ ।

नयाँ वरियताअनुसार नेपाली क्रिकेट टिमका महत्वपूर्ण बलर सन्दीप लामिछानेले वरियतामा सुधार गरेका छन् ।

बुधबार सार्वजनिक टी-२० वरियतामा सन्दीपले एक स्थान सुधार गरेका हुन् ।

यसअघि ८३औँमा रहेका उनी एक स्थान सुधार गर्दै ८२औँ स्थानमा उक्लिएका छन् । सन्दीपको ३ सय ८९ रेटिङ छ ।

हालसम्म टी-२० क्रिकेटमा सन्दीपको उच्च वरियता ५८औँ स्थान हो । पारस खड्का भने ७१औँ स्थानमा कायमै छन् ।

नयाँ वरियतामा दक्षिण अफ्रिकाका स्पिनर तरबीज शम्सी शीर्ष स्थानमा उक्लिएका छन् ।

अफगानिस्तानका स्टार स्पिनर राशिद खानलाई पछि पार्दै शम्सी टी-२० को बलिङ वरियताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

उनले ७३३ रेटिङ प्वाइन्ट पाएका छन् । राशिद दोस्रो स्थानमा खस्किएका छन् ।


फाइल तस्बिर

यो सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः एश्टन अगर, आदिल राशिद र मुजीबउर रहमान छन् ।

ब्याटिङतर्फ इंग्ल्याण्डका डेविड मलान शीर्ष स्थानमा कायमै छन् । अलराउन्डरतर्फ मोहम्मद नाबी पहिलो नम्बरमा यथावत छन् ।

Loading...