दीपेन्द्रको टिमविरुद्ध सिद्धान्तले बनाए शानदार शतक

काठमाडौं- राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी-२० प्रतियोगितामा सिद्धान्त लोहनीले शतक बनाएका छन् ।

बोदे बर्साइन थन्डरबाट प्रतियोगिता खेलिरहेका उनले तिलाठी कोइलाडी जायन्ट्सविरुद्ध शतक बनाएका हुन् ।


बर्साइन टिमका कप्तानसमेत रहेका लोहनीले ४९ बलमा १२ चौका र ६ छक्कासहित १ सय रनको पारी खेले ।

उनकै शतकमा बर्सानले तालाठीलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।

उसका लागि सिद्धान्तले शतकबाहेक नारायण जोशीले १९, राहुल मण्डलले १७, विशाल शुस्लिङले १४ र अविनाश कर्णले १० रन बनाए ।

बलिङमा आदि अन्सारी, चित्रबहादुर विष्टले दुई/दुई, राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

Loading...