इंग्ल्याण्ड-भारतको दोस्रो म्याच भोलि, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत भारत र इंग्ल्याण्ड तेस्रो म्याच भोलि शुक्रबार) खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरू हुनेछ ।

दोस्रो खेलमा दुवै टिमको प्लेइङ-११ मा परिवर्तन देख्न पाउने सम्भावना बढी छ । पहिलो खेलमा दुवै टिमका दुई/दुई खेलाडी घाइते भएका थिए ।

भारतको टिममा रोहित शर्मा र श्रेयस अय्यर घाइते भएका थिए । चोट सामान्य भएकाले रोहितले दोस्रो म्याच नगुमाउने भारतीय सञ्चारमाध्यलले जनाएका छन् ।

अय्यरले भने बाँकी दुई वानडे म्याच नै गुमाउने भएका छन् । उनको स्थानमा दोस्रो खेलमा भारतले ऋषभ पन्तलाई खेलाउने सम्भावना रहेको इसएसपीएनक्रीकइन्फोले जनाएको छ ।

इंग्ल्याण्ड टिमका कप्तान इयोन मोर्गन । साम बिलिङ्सले पनि दोस्रो म्याच गुमाउने छन् । उनीहरू पहिलो म्याचमा घाइते भएका थिए ।

क्रीकइन्फोले मोर्गनको अनुपस्थितिमा विकेटकीपर जोस बटलरले टिमको कप्तानी सम्हाल्ने उल्लेख गरेको छ ।

त्यस्तै, बिलिङ्सको स्थानमा लायम लिभिङस्टोनले खेल्न सक्ने छन् । तीन खेलेको सिरिजमा भारतले १-० ले अग्रता बनाएको छ ।

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, शार्दुल ठाकुर, युजवेन्द्र चहल र प्रशिद्ध कृष्णा ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोनी बेयरिस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर) लियाम लिभिङस्टोन, मोइन अली, साम करन, टम कुरन,  आदिल राशिद र मार्क वुड ।

Loading...