न्यूजिल्याण्डले दियो बंगलादेशलाई ३१९ रनको लक्ष्य, दुई ब्याट्सम्यानले बनाए शतक

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डले बंगलादेशलाई ३ सय १९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १८ रन बनायो ।

उसका लागि डेभन कोनवे र डारियल मिचेलले शतकीय पारी खेले । कोनवेले ११० बलमा १७ चौकासहित १२६ र मिचेलले ९२ बलमा दुई छक्का र ९ चौकाको मद्दतमा अविजित १ सय रन बनाए ।

त्यस्तै, मार्टिन गुप्टिलले २६, हेनरी निकोल्श, कप्तान टम लाथमले १८/१८ रनको योगदान दिए ।

बलिङमा रुबेल हुसेनले तीन, मुस्तफिजुर रहमान, सौम्य सरकार र तस्किन अहमदले एक/एक विकेट लिए ।

तीन खेलको सिरिजमा न्यूजिल्याण्डले २-० को अग्रता बनाएको छ ।

Loading...