बंगलादेशसँगको वानडे सिरिज न्यूजिल्याण्डद्वारा ‘क्लिनस्विप’

काठमाडौं- बंगलादेशसँगको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली न्यूजिल्याण्डले ‘क्लिन स्विप’ गरेको छ ।

तेस्रो खेलमा आज बंगलादेशलाई १ सय ६४ रनले हराउँदै न्यूजिल्याण्डले सिरिज ३-० ले ‘क्लिन स्विप’ गरेको हो ।

सिरिजको तेस्रो खेलमा न्यूजिल्याण्डले दिएको ३ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४२.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि महमूदुल्लाहले अविजित ७६, लिटन दास, मुशफीकुर रहिमले २१/२१ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

Photo : Espncricinfo

बलिङमा जेम्स नीशमले ५, म्याट हेनरीले ४ र काइल जेमिसनले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १८ रन बनायो ।

उसका लागि डेभन कोनवे र डारियल मिचेलले शतकीय पारी खेले । कोनवेले ११० बलमा १७ चौकासहित १२६ र मिचेलले ९२ बलमा दुई छक्का र ९ चौकाको मद्दतमा अविजित १ सय रन बनाए ।

त्यस्तै, मार्टिन गुप्टिलले २६, हेनरी निकोल्श, कप्तान टम लाथमले १८र१८ रनको योगदान दिए ।

बलिङमा रुबेल हुसेनले तीन, मुस्तफिजुर रहमान, सौम्य सरकार र तस्किन अहमदले एक/एक विकेट लिए ।

Loading...