सन्दीपले यी १३ स्टार बलरलाई पछि पारे

काठमाडौं ।

नेपाली क्रिकेट टिमका सर्वाधिक सफल बलर सन्दीप लामिछानेले आइसिसी ओडिआई वरियतामा धेरै स्टार बलरलाई पछि पारेका छन् । उनले कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, शार्दुल ठाकुर, युजवेन्द्र चहल, वानिन्दु हसरंगा, आदिल राशिद, लुंगि एन्गिडी, मार्क उड, हरिस रौफ, तरबिज शाम्सी, एनरिक नोर्टजे, इश सोढीजस्ता विश्वस्तरीय बलरलाई पछि पारेका हुन् ।

पछिल्लो वरियतामा सन्दीप २२ औँ स्थानमा छन् । ओडिआईमा उनको सर्वश्रेष्ठ ओडिआई वरियता २१ औँ स्थान हो । यस्तै, नयाँ ओडिआई वरियतामा दीपेन्द्र सिंह ऐरी ५४ औँ, सोमपाल कामी ६७ औँ र करण केसी ९० औँ स्थानमा छन् । वरियताको शीर्ष स्थानमा भने अस्ट्रेलियन तीव्र गतिका बलर जोस हेजलउड रहेका छन् ।

टिमको कुरा गर्दा ओडिआई वरियतामा नेपाल १४ औँ स्थानमा छ । नेपालभन्दा पछि अमेरिका, नामिबिया, नेदरल्याण्ड्स, ओमान, यूएई र पपुवा न्यूगिनी रहेका छन् । यो सूचीको शीर्ष स्थानमा भने अस्ट्रेलिया रहेको छ । टी–२० तर्फ नेपाल वरियताको १७ औँ स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.