इंग्ल्याण्डले आज पनि टस जित्यो, प्लेइङ-११ मा व्यापक परिवर्तन

काठमाडौं- भारतसँगको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको दोस्रो खेल १ः४५ बजेदेखि पुणेमा सुरू हुँदैछ ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज तीन खेलाडी परिवर्तन गरेको छ ।

उसले नियमित कप्तान इयोन मोर्गन, साम बिलिङ्स र मार्क उडलाई विश्राम दिँदै डेविड मलान, लियाम लिभिङस्टोन र रीसी टोप्लेले मौका पाएका छन् ।

भारतले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले श्रेयस अय्यरको स्थानमा ऋषभ पन्तलाई मौका दिएकाे छ ।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । आजको खेल जिते उसले एक म्याच अगावै सिरिज जित्ने छ ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रशिद्ध कृष्ण ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोनी बेयरिस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरन, टम कुरन, आदिल राशिद र रीस टोपली ।

Loading...