क्वालिफायर खेलमा चेन्नईले दियो गुजरातलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ । चेपकस्थित एमए चिदम्बरम स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका उनले ७ चौका र १ छक्कासहित ६० रन बनाए । यस्तै, डेभन कन्वेले ४०, रवीन्द्र जडेजाले २२, अजिंक्य रहाणे र अम्बाती रायडूले १७/१७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबे १/१ रनमै आउट भए ।

गुजरातका लागि मोहित शर्मा, मोहम्मद शामीले २/२, नूर अहमद, राशिद खान र दर्शन नलकन्डेले १/१ विकेट लिए । आजको विजेता टोलीले फाइनलको यात्रा तय गर्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता टिमको सामना गर्नेछ । एलिमिनेटरमा बुधबार मुम्बई र लखनउ खेल्नेछन् । फाइनल खेल आउँदो आइतबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.