भारतको आज खराब सुरुवात, सस्तैमा गुमायो पहिलो विकेट

काठमाडौं- इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

भारतले पहिलो विकेटको रूपमा ओपनर शिखर धवनलाई चार रनमा रनमा गुमाएको हो ।

 

धवनलाई रीसी टोप्लीलले ३.५ ओभरमा क्याच आउट गराए । अघिल्लो खेलमा शिखरले ९९ रन बनाएका थिए ।

भारतले आज पनि टस हारेर ब्याटिङको मौका पाएको हो । उसले यो समाचार तयरा पार्दा ४ ओभरमा एक विकेट गुमाएर ९ रन बनाएको छ ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज तीन खेलाडी परिवर्तन गरेको छ ।

उसले नियमित कप्तान इयोन मोर्गन, साम बिलिङ्स र मार्क उडलाई विश्राम दिँदै डेविड मलान, लियाम लिभिङस्टोन र रीसी टोप्लेले मौका पाएका छन् ।

भारतले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले श्रेयस अय्यरको स्थानमा ऋषभ पन्तले मौका पाएका छन् ।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । आजको खेल जिते उसले एक म्याच अगावै सिरिज जित्ने छ ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रशिद्ध कृष्ण ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोनी बेयरिस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरन, टम कुरन, आदिल राशिद र रीस टोपली ।

Loading...