नेपालले मलेसिया र नेदरल्याण्ड्ससँग ‘त्रिकोणात्मक सिरिज’ खेल्ने (विज्ञप्तिसहित)

काठमाडौं- नेपालले मलेसिया र नेदरल्यान्डसँग त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजबारे जानकारी दिएको छ ।

त्रिकोणात्मक क्रिकेट सिरिज १७-२४ अप्रिल (बैशाख ४ देखि ११ गतेसम्म) त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

कोरोना कारण आईसीसी डिभिजन-२ का खेल स्थगित भएपछि क्यानले त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो । सिरिज टी-२० प्रारूपमा खेलाइने बताइएको छ । प्रत्येक टोलीले दुई/दुई म्याच खेल्ने छन् ।

सिरिजलाई बजाज पल्सर, शिवम् सिमेन्टले स्पोन्सर गरेको छ ।

Loading...