इंग्ल्याण्डविरुद्ध केएल राहुलको शतक पूरा

काठमाडौं- इंग्ल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा भारतीय टिमका ब्याट्सम्यान केएल राहुलले शतक पूरा गरेका छन् ।

उनले १०८ बलमा २ छक्का र ६ चौकासहित शतक पूरा गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा राहुलको यो पाँचौ शतक हो । टी-२० सिरिजमा खराब प्रदर्शन गरेका उनले वानडे श्रृंखलामा भने उत्कृष्ट लय देखाएका छन् ।

राहुलले पहिलो वानडे पनि अविजित अर्धशतकीय पारी खेलेका थिए । भारतले आज पनि टस हारेर ब्याटिङको मौका पाएको छ ।

Loading...