यी ४ ब्याट्सम्यान चम्किँदा भारतले दियो विशाल लक्ष्य

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई ३ सय ३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३५ रन बनायो ।

उसका लागि केएल राहुलले शतक, ऋषभ पन्त र कप्तान विराट कोहलीले शतकीय पारी खेले ।

राहुलले ११४ बलमा दुई छक्का र सात चौकासहित १०८ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पाँचौ शतक हो ।

त्यस्तै, पन्तले ४० बलमा ७ छक्का र तीन चौकासहित ७७ र विराटले ७९ बलमा तीन चौका र एक छक्कासहित ६६ रनको योगदान दिए ।

अलराउन्डर हार्दिक पाण्ड्याले पनि आज आक्रामक ब्याटिङ गरे । उनले १६ बलमा चार छक्का र एक चौकासहित ३५ रन बनाए ।

रोहित शर्मा २५, शिखर धवन चार रनमा आउट हुँदा कुणाल पाण्ड्या १२ रनमा अविजित रहे ।

बलिङमा टम करन, रीसी टोप्लीले दुई/दुई आदिल रनशिद र साम करन एक/एक विकेट लिए ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज तीन खेलाडी परिवर्तन गरेको छ ।

Loading...