पिटिँदै भारतीय बलर, बेयरिस्टोले पूरा गरे शतक

काठमाडौं- भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा इंग्ल्याण्ड टिमका ओपनिङ ब्याट्सम्यान जोनी बेयरिस्टोले शतक बनाएका छन् ।

उनले ९५ बलमा ८ चौका र ६ छक्कासहित शतक बनाएका हुन् ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बेयरिस्टोको यो ११औँ शतक हो । अघिल्लो खेलमा उनी ९४ रनमा आउट भएका थिए ।

भारतले दिएको ३ सय ३७ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म ३२ ओभरमा १ विकेट गुमाएर २१८ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनायो ।

उसका लागि केएल राहुलले शतक, ऋषभ पन्त र कप्तान विराट कोहलीले शतकीय पारी खेले ।

राहुलले ११४ बलमा दुई छक्का र सात चौकासहित १०८ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पाँचौ शतक हो ।

त्यस्तै, पन्तले ४० बलमा ७ छक्का र तीन चौकासहित ७७ र विराटले ७९ बलमा तीन चौका र एक छक्कासहित ६६ रनको योगदान दिए ।

अलराउन्डर हार्दिक पाण्ड्याले पनि आज आक्रामक ब्याटिङ गरे । उनले १६ बलमा चार छक्का र एक चौकासहित ३५ रन बनाए ।

रोहित शर्मा २५, शिखर धवन चार रनमा आउट हुँदा कुणाल पाण्ड्या १२ रनमा अविजित रहे ।

बलिङमा टम करन, रीसी टोप्लीले दुई/दुई आदिल राशिद र साम करन एक/एक विकेट लिए ।

Loading...