‘निर्णायक’म्याचमा यी तीन खेलाडीले पाउन सक्छन् मौका

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको दोस्रो वानडे म्याचमा इंग्ल्याण्डले भारतलाई ६ विकेटले हरायो ।

भारतले पहिला ब्याटिङ गर्दै ३३६ रन बनाए पनि इंग्ल्याण्डले ३९ बल पहिले नै म्याच जित्न सफल भयो ।

भुवनेश्वर कुमार र प्रसिद्ध कृष्णाले राम्रो बलिङ गरे पनि बाँकी बलर भने खर्चिला बने । स्पिनर कुलदीप र कुणाल पाण्ड्या महँगो साबित भए ।

इंग्ल्याण्डका ब्याट्सम्यानले यी दुवै बलरको ओभरमा धेरै रन बनाए । भारत र इंग्ल्याण्डबीचको तीन वानडे म्याचको सिरिज १-१ को बराबरीमा रहेको छ । यी दुई टिमको अन्तिम तथा निर्णायक म्याच भोलि पुणेमा हुँदैछ ।

भारतीय टिम अन्तिम म्याचमा तीन खेलाडीलाई परिवर्तन गर्ने सम्भावना छ । जसले भारतलाई अन्तिम म्याच जिताउन सक्छन् ।

यसैबीच, आज अन्तिम तथा ‘निर्णायक’ म्याचमा भारतले परिवर्तन गर्न सक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

१. कुलदीपको ठाउँमा चहल : कुलदीप यादवले दुवै वानडे म्याचमा खेल्ने मौका पाएका थिए ।

उनले दुवै म्याचमा राम्रो प्रदर्शन गर्न सकेनन् । कुलदीप दुवै म्याचमा धेरै महँगो साबित भएका थिए ।

त्यसैले, अब अन्तिम तथा निर्णायक म्याचमा कुलदीपको स्थानमा युजवेन्द्र चहल मौका पाउन सक्छन् । उनी एक विकेटटेकर बलर हुन् ।

भारतले अन्तिम म्याचमा चहललाई प्लेइङ-११ मा समावेश गर्यो भारतलाई धेरै फाइदा हुन सक्छ । उनी अनुभवी बलर हुन् ।

२. कुणालको ठाउँमा सुन्दर : कुणाल पान्ड्याले आफ्नो डेब्यू म्याचमा विस्फोटक ब्याटिङ गरेका हुन् । उनले आफ्नो पहिलो म्याचमै इतिहास बनाएका थिए ।

कुणालले विस्फोटक ब्याटिङ गरे पनि बलिङ भने राम्रो गर्न सकेनन् । उनी दुवै म्याचमा धेरै महँगो साबित भए ।

त्यसैले, अन्तिम तथा निर्णायक म्याचमाा कुणालको स्थानमा सुन्दरले मौका पाउन सक्छन् ।

उनी ब्याटिङ/बलिङमा राम्रो गर्न सक्छन् । सुन्दरले टी-२० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।

३. शादुलको ठाउँमा नटराजन : शार्दुल ठाकुरले पहिलो वानडे म्याचमा राम्रो बलिङ गरेका थिए ।

उनले पहिलो म्याचमा महत्वपूर्ण दुई विकेट लिएर टिमलाई जित दिलाए ।

तर, ठाकुर दुवै म्याचमा महँगो साबित भए । उनको इकोनोमी रेट धेरै माथि छ । त्यसैले, तेस्रो तथा अन्तिम म्याचमा ठाकुरको स्थानमा टी नटराजले मौका पाउन सक्छन् ।

उनले अष्ट्रेलियामा एकदमै राम्रो प्रदर्शन गरेका थिए । अन्तिम तथा निर्णायक म्याचमा नटराजनले मौका पाए भने भारतलाई जित दिलाउन सक्छन् ।

Loading...