विवेक यादव कप्तानीको वारियर्सले जित्यो एसपीएलको उपाधि

काठमाडौं- विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग (एसपीएल)को उपाधि जितेको छ ।

सप्तरीको राज रंगशालामा अत्यन्तै रोमाञ्चक स्पर्धामा वारियर्सले कुशल भुर्तेल कप्तानीको रूपनी राईडर्सलाई एक रनको झिनो अन्तरले हराएको छ ।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रूपनी राईडर्सले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा १४५ रन बनाउन सक्यो ।

रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए । यद्दपि जितका लागि पर्याप्त भएन । मुखियाले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रनको योगदान दिदा रुपनी राइडर्स लक्ष्यभन्दा दुई रन पछाडि रहन गयो ।

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान तीन तीन विकेट लिए । खरेलले चार ओभरमा एक मेडन राख्दै १० रन तथा अमात्यले चार ओभरमा १८ रन खर्चिए । भुलावन सहनीले दुई विकेट तथा पवन सर्राफले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १४६ रन बनाएको थियो ।

वारियर्सका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए । उनले ५० बल खेलेर चार चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रनको योगदान दिए ।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गर्दा खडक वारियर्सले उत्कृष्ट सुरुवात गर्‍यो । रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक तीन विकेट लिए । उनले चार चार ओभरमा ३४ रन खर्चिए । सुनिल धमला र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

उपाधि सहित बजाज खडक वारियर्सले तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता रुपनी राईडर्सले १ लाख ५० हजारमा चित्त बुझाए ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए । उनी २५ हजार रुपैयाँसहित पुरस्कृत हुनुभयो ।

प्रतियोगितामा अनिलले दुई शतक र एउटा अर्धशतक प्रहार गर्दै पाँच खेलमा कुल ३३४ रन बनाएका थिए ।

प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए । दुबै जना १५ हजार रुपैयाँबाट पुरस्कृत भए । विशालले प्रतियोगिताको चार खेलमा ९ विकेट लिए ।

Loading...