डिभिलियर्स ईपीएल खेल्न नेपाल आउने!

काठमाडौं- दक्षिण अफ्रिका लोकप्रिय क्रिकेटर एबी डिभिलियर्सले आसन्न सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

ईपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले असोजदेखि सुरू हुने ईपीएलमा डिभिलियर्सले खेल्न पक्का भएको जानकारी दिए ।

उनका अनुसार यो पटकको ईपीएल खेल्न भिडिलियर्स सहमत भएका हुन् । यद्यपि उनी कुन टिमबाट प्रतियोगिता खेल्ने भन्नेबारे चाहिँ टुंगो लाग्न बाँकी छ ।

चौथो संस्करणको ईपीएल असोज ९ देखि असोज २३ गतेसम्म हुने आयोजकले यसअघि नै बताइसकेको छ ।

गत सिजनको ईपीएलका लागि टिमहरूले क्रिस गेलसहित केही चर्चित विदेशी खेलाडीलाई अनुबन्ध गरेका थिए ।

तर, कोरोना महामारीका कारण तेस्रो संस्करणको ईपीएल हुन सकेन ।

यो पटक भने ईपीएल हुने सम्भावना बढी छ । आसन्न सिजनको ईपीएलमा पनि ६ वटा टिभले भाग लिँदैछन् ।

Loading...