आज पनि इंग्ल्याण्डले टस जित्यो, प्लेइङ-११ मा एक/एक खेलाडी परिवर्तन

काठमाडौं- भारतसँगको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा निर्णायक खेलमा पनि पाहुना टोली इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको म्याच १ः४५ बजेदेखि पुणेमा सुरू हुँदैछ ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले टम करनको स्थानमा मार्क उडलाई मौका दिएको छ ।

भारतले पनि आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कुलदीप यादवलाई विश्राम दिँदै टी नटराजनलाई अवसर दिएको छ ।

तीन खेलको सिरिजमा दुवै टिमले एक/एक म्याच जितेका छन् । आजको खेल जित्ने टिम सिरिज नै आफ्नो पक्षमा पार्नेछ ।

पहिलो खेलमा ६६ रनले पराजित हुँदा दोस्रो म्याचमा भने इंग्ल्याण्ड ६ विकेटले विजयी भयो ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, मोईन अली, साम करन, मार्क वुड, आदिल राशिद र रीस टोप्ली ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केएल राहुल, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पांड्या, कृणाल पांड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, प्रशिद्ध कृष्णा र टी नटराजन ।

Loading...