इंग्ल्याण्डविरुद्ध भारत ३२९ रनमा अलआउट, यी ब्याट्सम्यानको अर्धशतक

काठमाडौं- एकदिवसीय सिरिजको अन्तिम तथा ‘निर्णायक’म्याचमा घरेलु टोली भारतले ३ सय ३० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ४८.२ ओभरमा सबै विकेट गुमाएर ३ सय २९ रन बनायो ।

उसका लागि ऋषभ पन्त, शिखर धवन र हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले ।

पन्तले ६२ बलमा चार छक्का र पाँच चौकासहित ७८, धवनले ५६ बलमा १० चौकाको मद्दतमा ६७ र पाण्ड्याले ४४ बलमा चार छक्का र पाँच चौकासहित ६४ रन बनाए ।

त्यस्तै, रोहित शर्माले ३७, शार्दुल ठाकुरले ३० र कुणाल पाण्ड्याले २५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मार्क उडले तीन, आदिल राशिदले दुई, साम करन, रीसी टोप्ली, मोइन अली, लियाम लिभिङस्टोन र बेन स्टोक्सले एक/एक विकेट लिए ।

इंग्ल्याण्डले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले टम करनको स्थानमा मार्क उडलाई मौका दिएको छ ।

भारतले पनि आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कुलदीप यादवलाई विश्राम दिँदै टी नटराजनलाई अवसर दिएको छ ।

तीन खेलको सिरिजमा दुवै टिमले एक/एक म्याच जितेका छन् । आजको खेल जित्ने टिम सिरिज नै आफ्नो पक्षमा पार्नेछ ।

पहिलो खेलमा ६६ रनले पराजित हुँदा दोस्रो म्याचमा भने इंग्ल्याण्ड ६ विकेटले विजयी भयो ।

इंग्ल्याण्डको प्लेइङ-११ : जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, मोईन अली, साम करन, मार्क वुड, आदिल राशिद र रीस टोप्ली ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), केएल राहुल, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पांड्या, कृणाल पांड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, प्रशिद्ध कृष्णा र टी नटराजन ।

Loading...