कप्तानीको जिम्मा पाए गर्न तयार छु : स्मिथ

काठमाडौं : स्टिभ स्मिथले अष्ट्रेलिया क्रिकेट टिमको फेरि कप्तानी गर्नेबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले न्युज कर्पससँगकाे कुराकानीमा अष्ट्रेलियाले आफूलाई फेरि कप्तानीको जिम्मा दिएमा सम्हाल्न तयार रहेको बताएका हुन् ।

स्मिथले भने, ‘म अब यस्तो अवस्थामा आएको छु । जहाँ अष्ट्रेलियाले मलाई फेरि कप्तानीको जिम्मा दिन्छ भने म एकदमै इच्छुक रहने छु ।’

बल टेम्परिङ काण्डमा मुछिएपछि स्मिथलाई कप्तानबाट हटाइएको थियो

२०१८ मा साउथ अफ्रिकामा भएको बल टेपरिंग पछि स्मिथलाई कप्तानीबाट हटाइएको थियो । त्यस्तै, उनमाथि १ वर्षको प्रतिबन्ध पनि लागेको थियो ।

स्मिथले १८ महिनापछि टेष्ट क्रिकेटमा फर्किएपछि शानदार प्रदर्शन गरेका थिए । उनले २०१९ को एशेज सिरिजको पहिलो म्याचमा शानदार शतक बनाएका थिए । त्यसपछि, स्मिथ अष्ट्रेलियाका नियमित हिस्सा रहे ।

स्मिथको अनुपस्थितिमा अष्ट्रेलियाले नयाँ कप्तानको रूपमा टिम पेनलाई चयन गरको थियो । पेनको प्रदर्शन त्यति राम्रो रहन सकेको छैन ।

उनको प्रदर्शन त्यति राम्रो नभएकाले स्मिथलाई कप्तान बनाउनेबारे चर्चा भइरहेको छ ।

कयौँ पूर्वमहान् खेलाडीले टिम पेनलाई कप्तानीबाट हटाएर प्याट कमिन्सलाई कप्तानीको जिम्मा दिने कुरा पनि गरिरहेका छन् ।

अहिले कमिन्स अष्ट्रेलियाका उपकप्तान छन् । उनी लगातार राम्रो प्रदर्शन गर्दै आइरहेका छन् ।

Loading...