त्रिकोणात्मक सिरिज : क्यानले थाल्यो तयारी, कति खेलाडी बोलाउँछ बन्द प्रशिक्षणमा?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्ड्स र मलेसियासँगको टी-२० त्रिकोणात्मक सिरिजका लागि तयारी सुरू गरिसकेको छ ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि क्यानले तयारी सुरू गरिसकेको हो ।

तयारी स्वरूप क्यानले सिरिज खेल्ने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने तारी अन्तिम चरणमा पुर्‍याएको छ । क्यानले यो पटक सीमित खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने बताइएको छ ।

सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढीमा १८ देखि २० खेलाडी मात्र बोलाइले क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

काठमाडौंमा रहेका केही खेलाडीले मुख्य प्रशिक्षक डेभ वाटमोरसँग मंगलवारबाट नै प्रशिक्षण सुरू गरिसकेको सचिव प्याकुरेलले जानकारी दिए । तर, टिमको औपचारिक बन्द प्रशिक्षण भने केही दिनबाट सुरू हुने क्यानले जनाएको छ ।

Loading...