आईपीएल इतिहासका ५ युवा कप्तान

काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) को सिजन २०२१ मा एक नयाँ युवा कप्तान बनेका छन् । उनी यो पटक टिमको कप्तानी गर्ने छन् ।

आईपीएलको १४ औँ सिजनमा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यर चोटका कारण उपलब्ध नभएपछि दिल्लीले नयाँ कप्तानको रूपमा युवा खेलाडी ऋषभ पन्तलाई चयन गरेको छ ।

पन्तले यति सानै उमेरमा टिमको कप्तानी गर्न पाउनु गर्वको कुरा रहेको छ । उनी मात्र २३ वर्ष ६ महिनाको उमेरमा आईपीएलमा दिल्लीको कप्तान बनेका छन् । तर, आईपीएल इतिहासमै सबैभन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी विराट कोहली हुन् ।

विराट जब, आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान बनेका थिए । त्यतिबेला उनी मात्र २२ वर्ष ६ महिनाका थिए ।

आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तानी खेलाडीहरु धेरै रहेका छन् । पन्त आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने पाँचौ खेलाडी हुन् ।

दिल्लीका लागि सबैभन्दा कम उमेर कप्तान बन्ने खेलाडी भने अय्यर हुन् । उनी मात्र २३ वर्ष ४ महिनाको उमेरमा दिल्लीको कप्तान बनेका थिए । दिल्लीका लागि सबैभन्दा कम उमेरमा कप्तानी गर्ने पन्त दोस्रो खेलाडी बनेका छन् ।

आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने दास्रो खेलाडी स्टिभ स्मिथ हुन् । उनी मात्र २२ वर्ष ११ महिनाको उमेरमा कप्तान बनेका थिए ।

आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने तेस्रो खेलाडी सुरेश रैना हुन् । उनी २३ वर्ष ३ महिनाको उमेरमा कप्तान बनेका थिए ।

आईपीएल इतिहासमा कम उमेरमा कप्तान बन्ने पाँच खेलाडी

१. विराट कोहली : २२ वर्ष ६ महिना

२. स्टिभ स्मिथ : २२ वर्ष ११ महिना

३. सुरेश रैना : २३ वर्ष ३ महिना

४. श्रेयस अय्यर : २३ वर्ष ४ महिना

५. ऋषभ पन्त : २३ वर्ष ६ महिना

Loading...