चेन्नईलाई झड्का, अन्तिम समयमा स्टार बलरले नाम फिर्ता लिए

काठमाडौं- चेन्नई सुपर किंग्स (सीएसके)मा जोडिएका अष्ट्रेलियन बलर जोश हेजलउडले अन्तिम समयमा नाम फिर्ता लिएका छन् । यसको अर्थ उनी १४औँ सिजनको आईपीएल नखेल्ने भएका हुन् ।

हेजलउड आईपीएलबाट नाम फिर्ता लिने तेस्रो अष्ट्रेलियन खेलाडी हुन् । यसअघि जोश फिलिप र मिचेल मार्शले आईपीएलबाट नाम फिर्ता लिइसकेका छन् ।

तिनै खेलाडीले व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट नाम फिर्ता लिएका बताइएको छ ।

फिलिप रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र मार्श सनराइजर्स हैदराबादबाट आईपीएल खेल्छन् ।

आरसीबी र हैदराबादले फिलिप र मार्श स्थानमा नयाँ खेलाडी अनबुन्ध गरिसकेको छ । सीएसकेले भने हेजलउडको स्थानमा नयाँ खेलाडी भित्र्याउन बाँकी छ ।

१४औँ सिजनको आईपीएल ९ अप्रिलदेखि सुरू हुँदैछ । यो पटक उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र मुम्बई इण्डियन्स खेल्ने छन् ।

Loading...