न्यूजिल्याण्डले दियो विशाल लक्ष्य, गुप्टिल र फिनले गरे चौका/छक्काको वर्षा

काठमाडौं : टी-२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्याण्डले पाहुना टोली बंगलादेशलाई १ सय ४२ रनको विशाल लक्ष्य दिएको छ ।

वर्षाका कारण १० ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले १० ओभरमा चार विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि ओपनर फिन एलनले आक्रामक अर्धशतकीय पारी खेले । उनले २९ बलमा १० चौका र तीन छक्कासहित ७१ रन बनाए ।

फिन केही दिनअघि मात्र १४औँ सिजनको आईपीएलका लागि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)मा जोडिएका छन् ।

अष्ट्रेलियाका जोश फिलिपले नाम फिर्ता लिएपछि उनको स्थानमा आरसीबीले फिनलाई अनुबन्ध गरेको हो ।

सिरिजको अन्तिम खेलमा अर्का ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले १९ बलमा ५ छक्का र एक चौकासहित ४४ रनको पारी खेले ।

त्यस्तै, ग्लेन फिलिप्सले १४ र अलराउन्डर डारियल मिचेलले ११ रन बनाए ।

बलिङमा मेहदी हसन, तस्किन अहमद र सोरिफुल इश्लामले एक/एक विकेट लिए । तीन खेलेको सिरिजमा न्यूजिल्याण्डले २-० को अग्रता बनाएको छ ।

Loading...