न्यूजिल्याण्डद्वारा टी-२० सिरिज क्लिन स्विप, यी खेलाडी बने जितका हिरो

काठमाडौं : बंगलादेशसँगको टी-२० सिरिज पनि न्यूजिल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । तेस्रो खेलमा बंगलादेशलाई ६५ रनले हराउँदै तीन खेलको सिरिज ३-० ले ‘क्लिन स्विप’ गरेको हो ।

अन्तिम खेलमा न्यूजिल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले १० ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो । खेल वर्षाका कारण १० ओभरमा झारिएको थियो ।

उसका लागि मुहम्ममद नैमले १९, मोसाददेक हुसेनले १३ र सौम्या सरकारले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोडन् सकेनन् ।

बलिमा टोड स्टेनले ४, टिम साउथीले ३, एडम मिलने ग्लेन फिलिप्स र लकी फर्ग्युसन ले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटि को मौका पाएको न्यूजिल्याण्डले १० ओभरमा चार विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि ओपनर फिन एलनले आक्रामक अर्धशतकीय पारी खेले । उनले २९ बलमा १० चौका र तीन छक्कासहित ७१ रन बनाए ।

सिरिजको अन्तिम खेलमा अर्का ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले १९ बलमा ५ छक्का र एक चौकासहित ४४ रनको पारी खेले ।

त्यस्तै, ग्लेन फिलिप्सले १४ र अलराउन्डर डारियल मिचेलले ११ रन बनाए ।

बलिङमा मेहदी हसन, तस्किन अहमद र सोरिफुल इश्लामले एकरएक विकेट लिए । तीन खेलेको सिरिजमा न्यूजिल्याण्डले ३-० ले क्लिन स्विप’ गरेको छ ।

Loading...