यी ५ स्टार खेलाडी : जो कम उमेरमा कप्तान बने

काठमाडौं- आईपीएलको २०२१ मा श्रेयस अय्यर चोटका कारण उपलब्ध नभएपछि दिल्ली क्यापिटल्सले नयाँ कप्तानको रूपमा युवा खेलाडी ऋषभ पन्तलाई चयन गरेको छ ।

उनी मात्र २३ वर्ष ६ महिनाको उमेरमा आईपीएलमा दिल्लीको कप्तान बनेका हुन् । तर, आईपीएल इतिहासमै सबैभन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी विराट कोहली हुन् ।

विराट जब आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान बनेका थिए । त्यतिबेला उनी २२ वर्ष ६ महिनाका थिए । पन्त आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने पाँचौ खेलाडी हुन् ।

दिल्लीका लागि सबैभन्दा कम उमेर कप्तान बन्ने खेलाडी भने अय्यर हुन् । उनी मात्र २३ वर्ष ४ महिनाको उमेरमा दिल्लीको कप्तान बनेका थिए । दिल्लीका लागि सबैभन्दा कम उमेरमा कप्तानी गर्ने पन्त दोस्रो खेलाडी बनेका छन् ।

आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने दास्रो खेलाडी स्टिभ स्मिथ हुन् । उनी मात्र २२ वर्ष ११ महिनाको उमेरमा कप्तान बनेका थिए ।

आईपीएलमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने तेस्रो खेलाडी सुरेश रैना हुन् । उनी २३ वर्ष ३ महिनाको उमेरमा कप्तान बनेका थिए ।

कम उमेरमा कप्तान बन्ने पाँच खेलाडी

१. विराट कोहली : २२ वर्ष ६ महिना

२. स्टिभ स्मिथ : २२ वर्ष ११ महिना

३. सुरेश रैना : २३ वर्ष ३ महिना

४. श्रेयस अय्यर : २३ वर्ष ४ महिना

५. ऋषभ पन्त : २३ वर्ष ६ महिना

Loading...