डिभिलियर्सद्वारा ‘अल टाइम’ आईपीएल-११ घोषणा को-कोले पाए मौका?

काठमाडौं- लोकप्रिय क्रिकेट खेलाडी एबी डिभिलियर्सले आफूलाई मन पर्ने अल टाइम आईपीएल-११ छानेका छन् ।

लोकप्रिय अनलाइन क्रिकबजसँगको कुराकानीमा उनले ‘अल टाइम आईपीएल-११’ छानेका हुन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट आईपीएल खेल्ने डिभिलियर्सले आफूले चयन गरेको टिममा महेन्द्रसिंह धोनीलाई कप्तान र विकेटकीपरको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, उनले ओपनिङमा वीरेन्द्र सहवाग र रोहित शर्मालाई मौका दिएका छन् । डिभिलियर्सले तेस्रोमा विराट कोहली, चौथो नम्बरका लागि तीन खेलाडी छानेका छन् । जसमध्ये कुनै एक खेलाडी खेल्न सक्ने छन् ।

उनले चौथो नम्बरमा स्टिभ स्मिथ, केन विलियम्सन र आफूलाई चयन गरेका हुन् ।

अलराउन्डरको रूपमा डिभिलियर्सले बेन स्टोक्साई टिममा समावेश गरेका छन् । स्पिनरमा उनले राशिद खान र रवीन्द्र जडेजालाई स्थान दिएका छन् ।

तीव्र गतिका बलरको रूपमा डिभिलियर्सले भुवनेश्वर कुमार, कागिसो रबाडा र जसप्रीत बुमराहलाई समावेश गरेका छन् ।

डिभिलियर्सले छानेको अल टाइम आईपीएल-११ : वीरेन्द्र सहवाग, रोहित शर्मा, विराट कोहली, केन विलियमसन/स्टिभ स्मिथ/एबी डीभिलियर्स, बेन स्टोक्स, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, राशिद खान, भुवनेश्वर कुमार, कागिसो रबाडा र जसप्रीत बुमराह ।

Loading...