मेयर कपमा कञ्चनको उत्कृष्ट पारी, गरिन् चौकाको वर्षा

काठमाडौं : ललितपुर मेयर महिला टी-२० प्रतियोगितामा ललितपुर मेयर्स टिमले सुदूरपश्चिमलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो ।

उसका लागि विकेटकीपर कञ्चन श्रेष्ठले उत्कृष्ट पारी खेलिन् । उनले ५६ बलमा ८ चौकासहित अविजित ६३ रन बनाइन् ।

त्यस्तै, सुमन खतिवडाले १६ र अश्मिना कर्माचार्याले १३ रनको योगदान दिइन् । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सम्झना खड्का, रितु कनौजिया र कविता कुँवरले एक/एक विकेट लिए ।

Loading...