आईपीएल : संन्यास नलिँदासम्म ‘रिलिज’ नहुन सक्छन् यी ३ स्टार

काठमाडौं : आईपीएलमा विश्वका लगभग सबै लोकप्रिय क्रिकेटरले खेलिसकेका छन् । टिमले खेलाडी रिलिज र रिटेन गर्ने क्रम हरेक सिजनमा गर्छ ।

टिमको कमजोरी र बलियो पक्षलाई पहिचान गर्दै हरेक सिजनमा खेलाडी रिलिज र रिटेन हुन्छन् ।

आसन्न आईपीएलमा पनि खेलाडी रिलिज र रिटेन भइसकेका छन् । हालसम्म लामो समयदेखि एउटै टिमबाट खेल्ने खेलाडी पनि छन् ।

यसैबीच आज आगामी दिनमा पनि टिमले रिलिज गर्ने सम्भावना कम भएका तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

१. रोहित शर्मा : रोहित आईपीएल इतिहासका सर्वाधिक सफल कप्तान हुन् । उनकै नेतृत्वमा मुम्बई इण्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितिसकेको छ ।

२०१३ देखि हालसम्म मुम्बईलाई पाँच पटक ट्रफी दिलाइसकेका रोहित टिमका पहिचान हुन् ।

सफल कप्तानका साथै प्रदर्शन पनि राम्रै गर्ने भएकाले मुम्बइले उनलाई आगामी सिजनमा पनि रिलिज गर्ने सम्भावना न्यून छ । रोहितआवद्ध भएकाले पनि मुम्बईको परिचय बेग्लै छ ।

२. विराट कोहली : विराटले आठ वर्षदेखि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)को कप्तानी गरिरहेका छन् । यद्यपि उनको नेतृत्वमा टिमले आईपीएलको उपाधि भने जित्न सकेको छैन ।

टिमले ट्रफी हात नपारे पनि कोहलीको व्यक्तिगत प्रदर्शन भने हरेक सिजनमा राम्रै हुन्छ ।

ट्रफी नजिताए पनि आरसीबीले आगामी केही सिजनमा पनि उनलाई रिलिज नगर्ने सम्भावना बढी छ । हालसम्म विराटले आरसीबीबाहेक अन्य टिमबाट आईपीएल खेलेका छैनन् ।

३. एबी डिभिलियर्स : यी स्टार क्रिकेटर पछिल्लो केही सिजनयता आरसीबीबाट आईपीएल खेलिरहेका छन् । हालसम्म उपाधि जित्न नसके पनि आरसीबी लोकप्रिय टिममध्ये एक हो ।

आरसीबी लोकप्रिय हुनुको कारण टिममा एबी र विराट जस्ता स्टार खेलाडी छन् । सधैँ एबी र विराट एकै टिममाबाट खेलुन् भन्ने धेरै समर्थकको चाहना छ ।

डिभिलियर्सले पनि हरेक सिजनमा आरसीबीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले जबसम्म आईपीएल खेल्छन् तबसम्म आरसीबीले डिभिलियर्सलाई रिलिज गर्ने सम्भावना निकै कम छ ।

 

Loading...