आईपीएल : पूर्वकप्तान गावस्करको नजरमा उत्कृष्ट तीन बलर

काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वकप्तान सुनिल गावस्करले आईपीएल इतिहासका तीन उत्कृष्ट बलरको नाम बताएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार गावस्करले श्रीलंकाका लसिथ मलिंगा, भारतका जसप्रीत बुमराह र भुवनेश्वर कुमार आईपीएलका उत्कृष्ट बलरको बताएका हुन् ।

गावस्करले उत्कृष्ट ठानेका मलिंगा आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने बलर हुन् ।

मुम्बई इण्डियन्सबाट आईपीएल खेल्दै उनले १२२ म्याचमा ७.१४ को इकोनमीमा सर्वाधिक १७० विकेट लिए ।

‘योर्कर किङ’का नामले परिचित मलिंगाले ६ पटक चार विकेट र एक पटक पाँच विकेट लिएका छन् । उनले यही वर्ष मात्र आईपीएलबाट संन्यासको घोषणा गरेका छन् ।

भुवश्नेवर कुमार पनि आईपीएलका सफल बलरमध्ये एक हुन् । उनले हालसम्म १२१ म्याचमा ७.२३ को इकोनमीमा १३६ विकेट लिएका छन् ।

भुवनेश्वरले आईपीएलमा एक पटक पाँच र दुई पटक चार विकेट लिएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोर, पुणे वारियर्स र सनराइजर्स हैदाबादबाट आईपीएल खेलेका छन् ।

गावस्करले उत्कृष्ट ठानेका अर्का बलर जसप्रीत बुमराहले हालससम्म ९२ म्याच खेल्दा १०९ विकेट लिएका छन् । उनी मुम्बईबाट आईपीएल खेल्छन् ।

बुमराहले हालसम्म दुई पटक चार विकेट लिएका छन् । आईपीएलको ९२ म्याच खेल्दा उनको इकोनमी ७.४१ छ ।

Loading...