आकाशले छाने पञ्जाबको प्लेइङ-११, यी खेलाडीलाई दिए मौका

काठमाडौं : पूर्व भारतीय खेलाडी तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले आईपीएलको १४ औँ सिजन सुरु हुनुभन्दा अगाडि पञ्जाब किंग्सको सम्भावित प्लेइङ-११ को चयन गरेका छन् ।

आकाशले आफ्नो युट्युव च्यानमा सेयर गरेको भिडियो मार्फत पञ्जाबको प्लेइङको चयन गरेका हुन् ।

आकाशले आफ्नो प्लेइङ-११ मा क्रिस गेल र केएल राहुललाई ओपनिङको जिम्मा दिएका छन् । उनले तेस्रो स्थानमा मयंक अग्रवाललाई मौका राखेका छन् ।

चोपडाले चौथो स्थानमा निकोलस पूरनलार्ई राखेका छन् । त्यस्तै, उनले पाँचौ स्थानमा दिपक हुडा, छैटौँ स्थानमा अलराण्डर माइसिस हेनरिक्स र सातौँ स्थानमा शाहरुख खान/मनदीप सिंह/सरफराज खानमध्ये एकले मौका पाउन सक्छन् ।

आकाशले आफ्नो प्लेइङ-११ मा चार बलरलाई राखेका छन् । उनले फास्ट बलरको रुपमा मोहम्मद शमी र झय रिचर्जसनलाई मौका दिएका छन् ।

आकाशले स्पिनर बलरको रुपमा रवि बिश्नोई र मुर्गन आश्विनलाई मौका दिएका छन् ।

आकाश चोपडाले चयन गरेको पञ्जाब किंग्सको सम्भावित प्लेइङ-११ : केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, निकोलस पूरन, दिपक हुडा, मोइसिस हेनरिक्स, शाहरुख/खानसरफराज/मन्दीप, रवि बिश्नोई, मुर्गन आश्विन, मोहम्मद शमी र झय रिचर्डसन ।

 

 

 

Loading...