‘त्रिकोणात्मक सिरिज’को टिकट मूल्य निर्धारण

काठमाडौं- नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक सिरिज हेर्न टिकट मूल्य तय गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा वैशाख ४ गतेदेखि सुरू हुन लागेको यो सिरिजका लागि १५० रुपैयाँ टिकट मूल्य तोकिएको हो ।

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो २ः१५ बजेदेखि बजेदेखि सवा ५ बजेसम्म हुनेछ ।

क्यानले सिरिजका लागि २० सदस्यीय टोली बन्द प्रशिक्षणका लागि समेत बोलाइसकेको छ ।

नेपालले बन्द आज (मंगलबार) देखि सुरू गर्ने क्यानले जनाएको छ ।

को-को परे बन्द प्रशिक्षणमा? सूची : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी ।

 

Loading...