टी-२० क्रिकेट : बाबरले छाने भारत-पाकिस्तानको प्लेइङ-११

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले भारत-पाकिस्तान संयुक्त टी-२० टोलीको प्लेइङ-११ घोषणा गरेका छन् ।

टोलीमा उनले भारतका ६ र पाकिस्तानका ५ खेलाडी सामेल गरेका छन् । आजमले भारतीय कप्तान विराट कोहली र आफैँलाई भारत-पाकिस्तान संयुक्त टोलीमा समावेश गरेका छन् ।

बाबरले क्रिकबजमा हर्ष भोगलेसँगको कुराकानीमा टी-२० टोली चयन गरेका हुन् । ओपनरका रूपमा बाबरले आफूलाई र रोहित शर्मालाई छानेका छन् ।

उनले भारतीय कप्तान विराट कोहलीलाई तेस्रो नम्बरमा र पाकिस्तानका अनुभवी क्रिकेटर शोएब मलिकलाई चौथो नम्बरमा राखेका छन् ।

बाबरले एमएस धोनीलाई विकेटकिपर ब्याट्सम्यान र हार्दिक पाण्ड्यालाई छैटौं नम्बरमा छनौट गरेका छन् ।

उनले शादाब खान र कुलदीप यादवलाई स्पिनरको रूपमा टिममा समावेश गरेका छन् । उनले भारतका जसप्रीत बुमराहलाई टोलीमा स्थान दिएका छन् ।

टीममा बाबरले जसप्रीत बुमराह, शाहिन शाह अफ्रिदी र मोहम्मद आमिरलाई पनि छनौट गरेका छन् ।

बाबरले छानेको भारत-पाकिस्तान संयुक्त टी-२० इलावेन : रोहित शर्मा, बाबर आजम, विराट कोहली, शोएब मलिक, एमएस धोनी (विकेटकिपर), हार्दिक पाण्ड्या, शादाब खान, कुलदीप यादव, जसप्रीत बुमराह, शाहीन शाह अफ्रिदी र मोहम्मद आमिर ।

Loading...