आकाशले चुने आरसीबीको बेस्ट-११, यी खेलाडीले पाए मौका

काठमाडौं : भारतीय टिमका पूर्व क्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले आईपीएलको १४ औँ सिजनका लागि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को सम्भावित प्लइेङ-११ को चयन गरेका छन् ।

चोपडाले आफ्नो ११ मा देवदत्त पडिक्कल र विराट कोहलीलाई ओपनिङको जिम्मा दिएका छन् ।

आकाशले तेस्रो स्थानमा रजत पाटिदार, चौथो स्थानमा खतरनाक ब्याट्सम्यान एबी डिभिलियर्सलाई राखेका छन् ।

यस्तै, चोपडाले यो सिजनमा महँगो बोलीमा आरसीबीमा समावेश भएका ग्लेन म्याक्स वेललाई पाँचौँ र डानियल क्रिस्टियनलाई छैठौँ स्थानमा राखेका छन् ।

आकाशले बलिङमा स्पिनरको रुपमा युजवेन्द्र चहललाई राखेका छन् । त्यस्तै, उनले फास्ट बलरको रुपमा मोहम्मद सिराज र नवदीप सैनीलाई आफ्नो टिममा राखेका छन् ।

आकाशले सातौँ स्थानमा वाशिङ्टन सुन्दर, आठौँ स्थानमा काइल जेमिसन, नवौँ स्थानमा युजवेन्द्र चहल, दसौँ स्थानमा मोहम्मद सिराज र ११ औँ स्थानमा नवदीप सैनीलाई आफ्नो टिममा समावेश गरेका छन् ।

आकाशले चयन गरेको आरसीबीको सम्भावित प्लइङ-११ : विराट कोहली, देवदत्त पडिक्कल, रजत पाटिदार, एबी डिभिलियर्स, ग्लेन म्याक्सवेल, डानियल क्रिस्टियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, मोहम्मद सिराज, युजवेन्द्र चहल र नवदीप सैनी ।

Loading...